दफा
अनुमतिपत्र जारी गर्ने अधिकारी
(१) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पांदन, निकासी, पैठारी वा बिक्री वितरणको लागि देहायको अधिकारीले अनुमतिपत्र जारी गर्न सक्नेछ:--
(क) उत्पादन, निकासी वा पैठारीको लागि भए मन्त्रालय,
(ख) बिक्री वितरणको लागि भए सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको जिल्ला प्रशासन कार्यालय वा अन्तर्गतको अधिकृत।
(२) उपदफा (१) बमोजिम प्राप्त गरेको अनुमतिपत्र बमोजिमको काम गर्दा तेजाब वा अन्य घातक रासायनिक पदार्थको भण्डारण वा ओसारपसार गर्नु पर्ने रहेछ भने सो प्रयोजनका लागि अनुमतिपत्र प्राप्त व्यक्तिले भण्डारण गर्न वा निकासी, पैठारी, भण्डारण वा बिक्री वितरण गर्ने स्थानसम्म ओसारपसार गर्न सक्नेछ।